Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


प्रधानमन्त्रीले बास्कोटा अडियो नक्कली भएको भन्दै दिएको अभिव्यक्तिप्रति देउवाको आपत्ति


0
Shares

काठमाडौं, फागुन १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता बितिसक्दा पनि आवश्यक कारवाही नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसंग विशेष समय लिएर बोल्दै उनले अडियो प्रकरणमा छानविन गर्ने निकायले छानविन नगर्दै प्रधानमन्त्रीले अडियो नक्कली भएको भन्दै दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कांगे्रस सभापति देउवाले ७० करोड कमिसन काण्ड, टेलिकममा भएको भ्रष्टाचार, गोकर्ण रिसोर्ट लगायतका विषय ओझेलमा पार्न सरकारले नेपाल ट्रष्टको श्वेत पत्र जारी गरेको आरोपसमेत गरे ।

विगतमा आफ्नो सरकारको पालामा ट्रष्टको जग्गासम्बन्धी कुनै निर्णय नभएको भन्दै उनले राजनीतिक आस्थाका आधारमा आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाए ।

सभापति देउवाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैँया कर लगाउने निर्णय तत्काल फिर्ता लिन माग गरे । यसैबीच आइतबारको बैठकमा सभामुखसंग विशेष समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदको सार्वभौमिकतामाथि हस्तक्षेप गरेर पेट्रोलियम पदार्थमा बढाएको कर तत्काल फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिइन् ।

आइतबारको बैठकले सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गरे ‘ संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ ।