Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लचिलो बन्दै माओवादी,अडानमै एमाले


624
Shares

काठमाडौ । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन् ।

सत्ता गठबनधनमा रहेका दलहरु नै एमसीसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी दल एमालेसमेतको साथ लिएर नेपाली काँग्रेसअघि बढ्ने कसरतमा जुटेको छ । त्यसका लागि एमालेका शीर्ष नेताहरुसँग दुई दलवीच ठोस सहमति बनेको छैन् ।

बिहिबार एमसीसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन् ।

सत्ता गठबन्धन पनि नटुट्ने र एमसीसी सम्झाैता पनि अनुमोदन हुनेगरी उनीहरुले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन् । तर प्रधामन्त्री देउवासहित काँग्रेस नेताहरु प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।