१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


मलेसियाका पूर्वप्रधानमन्त्री रजाकविरुद्ध लाखौं डलरको ‘मनी लाउन्डरिङ’ मुद्दा


0
Shares

काठमाडौं, साउन २३ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकविरुद्ध लाखौं डलरको भ्रष्टाचार ‘स्क्यान्डल’को ‘मनी लाउन्डरिङ’ मुद्दा दर्ता गरिएको छ ।

उनीमाथि राज्यकोषबाट एक करोड अमेरिकी डलर निजी खातामा जम्मा गरेको आरोप लगाइएको छ ।

गत जुलाईमा पक्राउ परेका रजाकविरुद्ध यसअघि नै शक्तिको दुरुपयोग गरेको आरोपसमेत लागेको छ ।

गत मेमा सम्पन्न चुनावमा आफना गुरु महाथिर मोहम्मदसँग पराजित भएपछि उनीविरुद्ध राज्यकोषको रकम हिनामिना गरेको आरोपमा नयाँ अनुसन्धान सुरु गरिएको छ । तर, उनले आरोप अस्वीकार गर्दै आएका छन् ।

रजाकका पारिवारिक सदस्यहरुमाथि पनि भ्रष्टाचारको मुद्दा लगाइएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले रजाकको निजी कम्पनीले चार अर्ब ५० करोड डलर लुटेको तथा ६८ करोड १० लाख डलर उनको बैंक खातामा फेलापरेको जनाएका छन् ।

यस्तै, तीन करोड डलर बराबरको रकमले उनकी पत्नीले गहना किनेको दाबी गरिएको थियो । (एजेन्सी)