
काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहित विभिन्न शहरमा भिषण आक्रमण जारी राखेको छ ।
आक्रमणमा हालसम्म १ सय ३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिनुभयो । मृत्यु हुनेहरूमा युक्रेनी सैनिक तथा सर्वसाधारण नागरिक रहेका छन् । आक्रमणबाट सयौं मानिस घाइते भएका छन् ।
रुसले महत्वपूर्ण सैन्य अखडा तथा प्रशासनिक केन्द्रमा शक्तिशाली बम तथा क्षेप्याष्त्र प्रहार गरिरहेको छ । रुसी सेनाले युक्रेनको उत्तर, पूर्व र दक्षिण क्षेत्रबाट एकसाथ आक्रमण गरिरहेको छ । दोहोरो युद्धमा चेपिएका सर्वसाधारण नागरिक युक्रेनबाट पलायन हुन भागदौड गरिरहेका छन् ।
रुसी सेनाले युक्रेनका मुख्य आणविक स्टेशनहरु नियन्त्रणमा लिने कोशिश गरिरहेको छ । सोही क्रममा चर्चीत चेर्नोबिल आणविक चुहावट क्षेत्र रुसी सेनाको नियन्त्रणमा गएको छ ।
सामरिक हिसाबले महत्वपूर्ण तटिय शहर मरिउपोलमा पनि ठूला विष्फोटका आवाजहरु सुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्