Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


जनप्रतिनिधि नै भन्छन् ‘वैशाखसम्म नयाँ कर्मचारी नपठाऊ’


234
Shares

काठमाडौं । देशभर २ सय १३ स्थानीय तह निमित्तकै भरमा चलेका छन्। संघीय मामिला मन्त्रालयले निमित्तको भरमा चलेका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन खोज्दा सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रमुखहरूले उल्टै कमसेकम असार मसान्तसम्म, त्यो नभए वैशाखसम्म नयाँ कर्मचारी पठाउन मन्त्रालयलाई दबाब दिने गरेको पाइएको छ।

आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन जनप्रतिनिधिले चाहना देखाएका छन्। यसका लागि उनीहरूले विभिन्न माध्यमबाट मन्त्रालयलाई दबाब दिने गरेको मन्त्रालयका एक सहसचिवले बताए।

‘चुनाव नजिकिएका बेला कार्यकाल सकिनै लागेका जनप्रतिनिधिले आफ्नो कार्यालयमा कमसेकम वैशाख महिनासम्म आफू अनुकूल कर्मचारी राख्न खोज्नुभएको छ,’ ती सहसचिवले भने, ‘आफ्नो कार्यालयमा हिसाब किताब फछर्यौट गर्न, नमिलेको हिसाब मिलाउन तथा आफूले चाहेको काम पूरा गर्न वैशाख महिनासम्म पुरानै कर्मचारी राख्ने उहाँहरूको चाहना हो।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।