Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा


78
Shares

काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो ।

सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही गरेर ८९ लाख ८० हजार राजस्व संकलन भएको छ ।

विभागका निर्देशक हरि पंगेनीले अनुगमन गरिएका फर्ममध्ये झण्डै आधालाई कारबाही गरिएको जानकारी दिए । बजारमा हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद नाघेको र कमसल सामान बिक्री गर्ने कार्य नियन्त्रण गर्नका लागि नियमित रुपमा अनुगमन गरेर उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरिएको उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।