Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो : भट्टराई


806
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ ।

उहाँले गएराति सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीको डढेलो लगाएपछि अब यसलाई निभाउने जिम्मा पनि सबै दलको रहेको बताउदै २ वटा विकल्पसमेत अघि सार्नुभएको हो ।

उहाँको पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका सबै दलले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने छ । दोस्रो तर यदि त्यसो हुन नसके नयाँ समीकरण बन्नुपर्ने उहाँको जोड छ । एमसीसीका सम्बन्धमा दुई विकल्प बाहेक अरु कुनै पनि विकल्प हुन नसक्ने बाबुरामको उहाँको तर्कछ ।

भट्टराइले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा नेपाल झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने भन्दै कि सत्ता गठबन्धनमा रहेका सबै दलले मत दिएर पारित गर्नुपर्ने वा नयाँ समीकरण गर्नुपर्ने सुझाव दिनुभएको हो । एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा पनि सबै दलको भएको उहाँको भनाइ छ । भट्टराइले सामान्य संसदीय कर्मकाण्डबाट मात्रै पारित गर्दा सर्वस्वीकार्य हुन कठीन हुने पनि बताउनुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नु भएको छ :