१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


युक्रेनबाट छुट्टिएका क्षेत्रमा रुसी सेना पठाउने राष्ट्रपति पुटिनको आदेश


1.755k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिनुभएको छ ।

युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका दोनेत्स्क र लुहान्स्कका पृथकतावादीहरुलाई प्रत्यक्ष सैन्य सहायोग हुने गरी पुटिनले सेना पठाउन लाग्नु भएको हो । गएराती राष्ट्रपति पुटिनले ती क्षेत्रमा सेना पठाउन रक्षा मन्त्रालयलाई आदेश दिनुभएको हो ।

पुटिनले जारी गरेको आदेशमा पूर्वी क्षेत्रमा शान्ति कायम गर्नका लागि सेना पठाउने भनिएको छ । पुटिनको यो आदेशसंगै युक्रेनी सीमाभित्र रुसी सेना प्रवेश गर्ने बाटो खुलेको टिप्पणी विश्लेषकहरुले गरेका छन् । आदेश जारी गर्नुअघि टेलिभिजनबाट दिएको सन्देशमा पुटिनले ती क्षेत्रहरुको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि पहिल्यै कदम चाल्नुपर्ने थियो भन्नुभयो ।

पश्चिमा देशहरुले भने युक्रेनबाट छुट्टिन चाहने पृथकतावादीहरुलाई सहयोग नगर्न बारम्बार रुसलाई चेतावनी दिदै आएका छने । पुटिनको आदेशले लामो समयदेखि स्वतन्त्र राष्ट्रका लागि भन्दै संघर्ष गर्दै आएका समूहहरुलाई सैन्य सामग्री आपूर्ति गर्न पनि सहज हुनेछ ।

उता, अमेरिकाले रुसले युक्रेनको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै पुटिनको आदेशबारे राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल गर्न माग गरेकोछ ।