२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


बागलुङमा सडक कालोपत्रेकाे काम अलपत्र


78
Shares

बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत बागलुङ–घोँडाबाँधे सडकको ट्रयाक खुलेको २४ वर्ष पुग्दा पनि कालोपत्रे हुन सकेको छैन ।

सडक कालोपत्रे हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्दै आउनु परेकोछ । दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि छ वर्ष बितिसक्दा पनि कालोपत्रेको काम अलपत्र परेको हो ।

सडक कालोपत्रे हुँन नसक्दा बिहुँका स्थानीयले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलन समेत गर्दै आएकाछन् । गत असारपछि रोकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएपनि अन्यत्रको काम अलपत्र छ ।

गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्ड अन्र्तगत बिहुँमा दुई किलोमिटर सडक कालोपत्रे गरेर काम छाडेकोछ । जिल्ला सदरमुकामको खहरे, मुलपानी क्षेत्रमा बेस बिच्छाउने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रेका लागि ग्राभेल विच्छाउने कार्य भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएकोथियो ।

एक हजार ७ सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटरपर्छ ।