Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एमाले नेता बाँस्कोटाको प्रचण्ड-माधवप्रति कटाक्ष


702
Shares

काठमाडौं । पूर्वसंचारमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताउदै आपत्ति जनाउनु भएकोछ ।

उहाँले आज सोमबार बिहान सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । उहाँले एमसीसीको विरोध पनि गर्ने अनि सरकारमा पनि बसिरहेको बताउदै दाहाल र नेपाल प्रति असन्तुष्टि जनाउनुभएको छ ।

फेरी आफ्नै कार्यकर्तालाई प्रहरी लगाएर चुटाएको आरोप समेत उहाँले प्रचण्ड–माधवमाथि लगाउनुभएको छ ।

उहाँले सामाजिक संजाल ट्वीटरमा यस्तो लेख्नु भएको छ,’एमसीसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउवासँग सत्ता गठबन्धन गर्ने माधव–पुकदा ।संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै, दमन भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो’, ।

Skip This