Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


नयाँ बानेश्वरमा यातायात आवागमन अस्तव्यस्त


130
Shares

काठमाडौं । एमसीसीको विरुद्ध विरोध प्रदर्शन हुँदा नयाँ बानेश्वरक्षेत्रमा यातायात आवागमन अस्तव्यस्त भएको छ ।

सो विरोधमा प्रदर्शन भएपछि आतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमनमा समस्या भएको हो ।

तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक समेत लगाइएपछि यातायात आवागमन समस्या भएको छ

नयाँ बानेश्वरमा एमसीसीको विरोध गर्दै आएका प्रदर्शनकारीहरु सडकमा भेला भएर प्रदर्शन गरेपछि सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।