१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नाइजेरियामा सिपाहीद्वारा चार सहकर्मीको हत्यापछि आत्महत्या


0
Shares

लेगोस, फागुन १५ । नाइजेरियाली सेनाका एकजना सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत् उनले चलाएको बन्दुकबाट अरु दुईजना घाइते भएको उल्लेख छ ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए ।

उक्त घटनाका बारेमा सेनाले छानबिन सुरु गरेको पनि प्रवक्ता मुसाले बताए । रासस/सिन्ह्वा