Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उडिरहेको विमानमा सर्प


1k
Shares

काठमाडौं । मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ। सामाजिक सञ्जालका एक प्रयोगकर्ताले जहाजमा देखिएको सर्पको फोटो सार्वजनिक गरेका थिए।

‘यो अत्यन्तै दुर्लभ घटना हो,’ एयर एसियाका चिफ सेफ्टी अफिसर लियोङ टेन लिङले सिएनएन ट्राभललाई पठाएको एक वक्तव्यमा लेखेका छन् । यात्रु विमानमा सर्प रहेको थाहा पाएपछि चालकले त्यसलाई कुचिङ सहरतर्फ मोडेका थिए।

विमानलाई कुचिङमा अवतरण गरेर ‘फ्युमिगेसन’ गरिएको थियो। विमानमा सर्प लुक्न सक्ने सम्भावित स्थान पनि सफा गरिएको थियो। ‘यात्रु तथा उडान कर्मचारीको सुरक्षा हाम्रो सबैभन्दा ठुलो प्राथमिकता हो,’ सो हवाई सेवाले भनेको छ।

नागरिक