Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब


13
Shares

काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाइ इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साँचो (मास्टर की) हराएको छ ।

साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन् ।

हराएको मास्टर कीले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोलेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्याकंरको ताला खुल्छ ।

त्यस्तै, बाग्मती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोको दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ ।

साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ ।

तापक्रम नोक्सानीबापत तेलको जति परिणम देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो ।

सिनामंगल डिपोमा तेल ओसार्दै आएका ट्कांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो ।

त्यसको पाँच दिनपछि साँचो हराएको पत्ता लागेको हो । नयाँ पत्रिका दैनिकबाट ।