काठमाडौं । पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ ।
सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नियन्त्रक महाशाखाले जनाएको छ ।
अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।
नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल जाने वा बस्ने भन्नेमा अन्योल देखिएको बताए ।
शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस कम्पनीका चालक थिए ।
सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको सिवाकोटीले बताए । उनीहरु स्वदशे फर्कन खोजिरहेका छन् ।
कोरिया सरकारले क्वारेनटाइनको व्यवस्था गरेको छैन, तर उनीहरु आफैं सुरक्षित तवरले बसिरहेका छन् ।
‘कम्पनीले भने फर्कन आग्रह गरिरहेको छ’, उनले भने, डेगुमा आठ हजार नेपाली छन् । नयाँ पत्रिका दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्