Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाली नेतालाहरुई धम्काएका छैनौं : अमेरिका


273
Shares

काठमाडौँ । अमेरिकाले एमसीसी विषयलाई लिएर नेपाली नेताहरुलाई धम्की नदिएको बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अधिकारीले नेपाली नेताहरुलाई धम्की दिएको भने सूचना गलत भएको बताएका हुन् ।नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार अमेरिकी राजदूत बेरीले भने,‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो ।’

उनले अमेरिकाले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेको बताए । ‘एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो । र, नेपाल एक्लैको निर्णय हो,’ राजदूत बेरीले भने,‘नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस ताकि नेपाली जनताले आफना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् ।’

दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्को सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।उक्त संवादमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्वजनिक रुपमै आफूलाई चेतावनीको भाषामा मन्त्री लुले कुराकानी गरेको बताएका थिए । त्यसपछि सञ्चार माध्यममा अमेरिकाले नेपाली नेताहरुसँग गरेको संवादलाई लिएर टिका–टिप्पणी भएको थियो ।

राजदूत बेरीले अमेरिकाले नेपाली नेताहरूसँग छलफल त गरिरहेको पनि जानकारी दिए । ‘तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै थिएन । सार्वजनिक दस्तावेज वा भनाइहरूमा आधारित हुँदा, नेपाली नेताहरूमा एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार विकास गर्ने बुझाइ भएको पाइन्छ,’ उनले भने,‘सोही कारण नै नेपाल सरकारले पहिले हामीसँग एमसीसी कम्प्याक्टका लागि आग्रह गरेको हो ।’बेरीले दुर्भाग्यवश एमसीसी विकास कार्यक्रम भ्रामक सूचनामा फसेको भन्दै दु स्ख व्यक्त गरे । ‘सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुनसक्छ रु’ उनले भने ।

कान्तिपुर