Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चर्चित मोडलले ग्ल्यामर छोडेर अपनाइन ड्राइभरको पेशा


923
Shares

एजेन्सी । कुनै समय मोडलिङ र ग्ल्यामरको दुनियाँमा रहेकी इंग्ल्यान्डकी मोडल मिली एभर्टले अहिले सबै छोडेर ट्रक ड्राइभरको पेसा अपनाएकी छिन् ।

बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार त्यहाँ ट्रक चालकको कमी भएपछि उनले यो पेशा अपनाएकी हुन् ।२२ वर्षीया मिली सन् २०१८ मा मिस इंंग्ल्यान्ड ब्यूटीको फाइनलिस्ट पनि रहेकी थिइन् ।मिलीका लागि यो पेशामा चुनौती रहेपनि उनका बाबु आमा किसान परिवारकै भएका कारण ट्रक चलाउनु नौलो भने होइन ।

बेलायतमा एचजीभी (हेभी गुड भेहिकल) अर्थात ठूला सवारी चालकहरुमध्ये १ देखि ३ प्रतिशत महिला चालक छन् । उनी भन्छिन् ‘अहिलेको जमानामा महिला र पुरुष कामको आधारमा विभाजन गर्ने जुन परम्परा छ, त्यसलाई हटाउनु आवश्यक छ । ४० वर्षका पुरुषले मात्र ट्रक चलाउनुपर्छ भन्ने मान्यता गलत हो।’

उनले अहिले एचजीभी लाइसेन्सको लागि तालिम लिइरहेकी छिन् । त्यसपछि उनले ४४ टनको ट्रक चनाउन सक्नेछिन् । उनलाई बेलायतमा घटेका विभिन्न घटनाहरुले ट्रक चालक बन्न प्रेरणा मिलेको हो । ट्रक ड्राइभरका कमीका कारण ग्ल्यामरको दुनियाँ छोडेर उनी एचजीभी लाइसेन्सका लिन लागिपरेकी छिन् ।मिलीले सन् २०१८ मा मिस च्यारिटीको उपाधि पनि जितेकी थिइन् ।

Skip This