Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’


0
Shares

काठमाडौं । भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।

‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं।’ –उहाँले भन्नुभयो ।

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ ।

नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो । उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ । उक्त रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ ।

जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ । -नेपाल समाचारपत्र दैनिकबाट