Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह


117
Shares

काठमाडौं । कोभिडका कारण सबै प्रकारका उद्योग–व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएकोमा चिन्ता प्रकट गरेको छ ।

एकातिर उद्योग व्यवसाय कोभिडपूर्वको अवस्थामा संचालन हुन सकेका छैनन् भने उत्पादित वस्तुको बिक्रीबाट उठ्नुपर्ने रकम समेत बजारबाट उठ्न सकिरहेको अवस्था छैन् ।

नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तिमार्फत भनेको छ,बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यक्रम सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको छ ।
कारोबार