Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


देशकै पहिलो तीनमुखे पुल


2.1k
Shares

काठमाडौं । नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर बनाइएको छ भने तीनवटै जिल्लालाई एक सय ७७ मिटर लामो पुलले जोडिएको छ ।

टावरमा भर्‍याङ, रेलिङ, लाइटिङलगायत काम बाँकी छन् । धार्मिक क्षेत्र रुरु धाममा बनेको पुलले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ । नजिकै कालिगण्डकी करिडोर छ । यो करिडोरले गुल्मीको रिडी र पाल्पाको रानीमहल जोड्दै छ ।

जसकारण रिडी क्षेत्रमा स्तरीय होटेलहरू सञ्चालन भइरहेका छन् । तीन वर्षभित्र निर्माण सक्ने गरी १५ असार ०७१ मा नौ करोड ८८ लाख लागतमा नयाँ बाटो–रुविना–मना जेभीले ठेक्का लिएको पुल तीनपटक म्याद थपेर बल्ल सम्पन्न हुने अवस्थामा पुगेको छ ।

नयाँ पत्रिका