Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


चुनावी तालमेल गर्दैनौं, त्यस्तालाई अब नो इन्ट्री : अध्यक्ष ओली


1.8k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रदेशस्तरीय चुनावी प्रशिक्षण कार्यक्रमलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्तरमा चुनावी तालमेल नहुने बताउनुभयो ।

‘स्थानीय तहले स्थानीय स्तरमा तालमेल गरेछ भने बेग्लै कुरा हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रियस्तरमा चुनावी तालमेल गर्दैनौं ।’

अध्यक्ष ओलीले पार्टीले तालमेल गर्छ कि फेरि एकता गर्छ कि भन्ने नसोच्न अपिल गर्नुभयो । ‘त्यस्तालाई अब नो इन्ट्री,’ उहाँको भनाइ थियो ।

कानून नहुँदा पनि स्थानीय तहका पहिलो जनप्रतिनिधिले उल्लेख्य काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

Skip This