Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


एमसीसीका विषयमा ओलीलाई प्रचण्डको फोन : पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको ओलीको जवाफ


702
Shares

kp oli prachanda

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ ।

बिहिबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीका विषयमा निर्णय गर्न आग्रह गर्नु भएको हो । जवाफमा अध्यक्ष ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको बताउनु भएको छ ।

उहाँले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसीसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न अध्यक्ष प्रचण्डलाई चुनौती दिनु भएको छ । आफूलाई हटाइसकेपछि ४– ५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेको जवाफ दिनु भएको छ ।

त्यस्तै, उहाँले अहिले सत्ता चलाइरहनु भएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य भएको र पहिले आफूले निर्णय गर्नुस्,नेकपा एमाले त निर्णय गरिहाल्छ भन्नु भएको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेख्नु भएको छ ।