काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाका नवर्निवाचित केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालमा क्यान्सर नीति बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
आज संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिसन नेपालसँग कुरा गर्दे उहाँले क्यान्सरलाई कसरी निर्मुल पार्न सकिन्छ भन्ने तर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभएको हो ।
आफूले आफ्नो तीन बर्षे कार्यकालमा कार्यालय प्रशासनलाई अनलाईन सिस्टमबाट सञ्चालन गर्ने र कागज रहित बनाई सक्ने पनि बताउनुभयो । कोभिडका कारण भ्याक्सिन प्रणालीको विकास चुस्त भएको भन्दै भ्याक्सिन प्रणालीलाई समानुपातिक वितरण कसरी गर्न सकिन्छ भन्ने अनुभव संस्थासँग भएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा सरकारले काम गर्न नसकेको भन्दै सरकारले क्यान्सरलगायत अशक्त रोगका लागि दिएको सुविधाको वितरण प्रणाली राम्रो नभएको पनि बताउनुभयो । आफूले आफ्नै कार्यशैलीबाट सुधारको सुरुवात गर्ने भन्दै बितरण प्रणाली, व्यवस्थापन, अस्पताल र लहान केयर सेन्टरको गुणस्तरीयतामा ध्यान पुर्याउने जानकारी दिनुभयो ।
क्यान्सरको उपचार पहिलेको जस्तो जटिल नभए पनि आर्थिक स्तर कमजोर भएकाहरुका लागि बोझिलो भएको बताउनुभयो । उहाँले संखुवासभाबाट क्यान्सर पीडितहरुको उपचारको लागि अक्षयकोष स्थापनाको सुरुवात गर्ने बताउनुभयो ।
उहाँले एक करोड रुपैयाको अक्षय कोष स्थापना गर्ने वचन संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिएशन मार्फत दिनुभयो । आउने बार्षिक बाह्र लाख रुपैयाँ प्रत्येक बर्ष क्यान्सर पीडितलाई उपचारको लागि प्रदान गर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्