
-सागर महत/ ईमेज
अर्घाखाँची । भागबन्डा नमिलेपछी एउटा योजना दुईजना प्रतिनीधीले उदघाटन गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामातालमा पहिलो पटक विद्युत पुगेको थियो ।
उक्त योजनाको पहिलो पटक कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन पन्थीले उद्घाटन गरेका हुन् । तर त्यसको एक दिनको अन्तरमा दोस्रो पटक नेकपा निकट पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गरेका छन् ।
वडा अध्यक्षको उद्घाटन कार्यक्रममा वडाबासीको मात्र सहभागिता रहेको थियो । उता पुर्व उपप्रधानमन्त्री रायमाझीको उद्घाटन कार्यक्रमममा स्थानीय वडाबासी भन्दा अन्य स्थानका नेता तथा जनप्रतिनिधी सहभागिता भएको वडा अध्यक्ष पन्थीले जानकारी थिए ।
तर उक्त कार्यक्रममा आफु सहभागी नभएको पन्थीले बताए । टुकीका भरमा नै जिवीका चलाउदै आएका यहाँका करीव ३५० घरधुरी विद्युतबाट लाभान्वित भएको वडाअध्यक्ष पन्थीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्