Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सुशिल कोइरालाको आज सातौं स्मृति दिवस


91
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको बुधवार सातौं स्मृति दिवस हो ।

नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएका भएका कोइरालाको २०७२ माघ २६ गते काठमाडौमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री पदमा रहनु भएको थियो । कोइरालाकै नेतृत्वमा रहेको सरकारले २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी गरेको थियो ।

कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै ठूलो योगदान दिनुभएको छ । स्वर्गीय कोइराला त्यागी, सादगी,सन्त र इमान्दार नेताको रुपमा चिनिनुहुन्थ्यो ।

कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नु भएको थियो । पार्टीको एघारौं महाधिवेशनपछि उहाँले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गर्नु भयो । कोइराला २०६७ सालमा काठमाडौंमा भएको कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनुभएको थियो । कोइरालाको जन्म सन् १९३९ मा बिराटनगरमा भएको थियो ।