Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बाँस्कोटाको हातमा थिए एक अर्बका सात प्रोजेक्ट, तर स्वार्थअनुसार अघि बढाए


0
Shares

काठमाडौं । सेक्युरिटी प्रेस खरिद कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरु ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए ।

नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाए ।

खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्‍याउने, स्याटलाइट राख्ने, सामूदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक विक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।

यी कार्यक्रमको पारदर्शितामा प्रश्न उठाउने प्रशस्त आधार देखिएका छन् । कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रियालाई उल्लंघन गरेको देखिन्छ ।

१. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया

२. करोडौं कमिसन आउनेगरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना

३. फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का

४. देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना १० अर्बमा भइसकेको ठेक्कामा हस्तक्षेप

५. मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का

६. सामूदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना डेढ अर्बको कार्यक्रमको लागत तीन अर्ब पु¥याइयो 

७. हरेक वडा, स्वास्थ्य संस्था र सामूदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रम

नयाँ पत्रिका दैनिकबाट