काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो ।
कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ ।
त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ । गृह प्रशासन सुधार कार्ययोजना नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले तयार पारेको हो ।
गृह मन्त्रालयमा आयोजित कार्ययोजना सार्वजनिक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले १० विषयमा गृह प्रशासन सुधारका लागि २ सय ६ क्रियाकलाप तयार गरिएको बताउँदै स्थानीय तहबाट नागरिकता प्रदान गर्नेगरी योजना समावेश गरिएको जानकारी दिएका हुन् ।
‘१० विषयमा २ सय ६ योजना तयार गरिएको छ, नागरिकता स्थानीय तहबाटै प्रदान गरिनेगरी योजना बनाइएको छ , गृह सचिव पाण्डेले भने ।
गृहमन्त्री खाँणले कार्ययोजना सार्वजनिकपछि बदलिँदो विश्व परिवेश र प्रविधिको बढ्दो प्रयोगसँगै गृह प्रशासन सुधारको कार्ययोजनामा पनि समयसापेक्ष सुधार आवश्यक रहेकाले गृह मन्त्रालय सोहीअनुसार अघि बढेको बताए ।










प्रतिक्रिया दिनुहोस्