Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जुम्लामा हिमपातमा परि दुईको मृत्यु, गाग्राको ओढारमा फसेका ३६ जनालाई हेलिकप्टरबाट खाद्यान्न


208
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई हेलिकप्टर मार्फत खाद्यान्न को बन्दोबस्त गरेको छ।

तातोपानि ८ को गाग्रा लेकमा फसेका ३६ जनालाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनीहरु रहेका तीन स्थानमा खानेकुरा फालेर हेलिकोप्टर फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले जानकारी दिएकी छन् ।

भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा खसालेर हेलि फिर्ता भएको छ । उनका अनुसार तातोपानी ८ स्थित पाटनमा गाग्रा, ऐडि ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलि फिर्ता भएको हो ।

तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीय सुरतबहादुर शाही सहित चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर त्यस स्थानतिर गएर टोली कर्णालीको प्रदेश राजधानी सुर्खेतमा टोली फिर्ता भएको हो ।

प्रजिअ प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरुलाई खानेकुरा पठाईएको र फसेका व्यक्तिहरु सुरक्षित भएको जानकारी दिएकि छन् ।

ओढार बाहिर आएर फसेका मानिसहरुले खानेकुरा प्राप्त गरेको तर हेलिकोप्टर भारी हिमपातले बस्न नसकेको कारण रित्तै फर्किएको छ ।
राजधानी