
काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ ।
गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो । क्यामिला युवराज चाल्र्सकी दोस्रो श्रीमती हुन ।
युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गर्नु भएको हो । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।
तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई बन्द गरिदिनु भएको हो ।
९५ वर्षिया महारानी एलिजावेथले लिखित एक सन्देशमा भन्नु भएको छ–मेरो छोरा चाल्र्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।”
प्रतिक्रिया दिनुहोस्