काठमाडौं । अमेरिकाले यहि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्ममा संसदबाट मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी)को अनुमोदन गरिसक्न पत्र पठाएको छ ।
गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ महिना भित्र संसदबाट अनुमोदन गरिसक्ने भन्दै पत्र पठाएकोमा त्यसबारे उल्लेख गर्दै छिटो पारित गर्नका लागि शुक्रबार पुनः पत्र पठाएको हो ।
सो पत्रमा २८ फेब्रुअरी अर्थात १६ फागुन नजिकिएको उल्लेख गर्दै यसलाई अनुमोदन गर्न भनिएको छ । एमसीसीका आवासीय निर्देशक सञ्जय पौडेलले अनुमोदन गर्ने प्रतिवद्धता जनाएको समयावधि नजिकिएकोले यसबारे समयभित्रै अनुमोदन गर्न नेपाल सरकारलाई सञ्चार गरिएको जानकारी दिए ।
नेपालमा हालसम्मकै सबै भन्दा बढी ५० मिलियन डलर अर्थात करिब ५६ अर्बको अनुदान सहायता संसदबाट अनुमोदन नगर्दा अघि बढ्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्