२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर गयो शक्तिशाली भूकम्प


273
Shares

काठमाडौं । अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

सीमा क्षेत्रमा शनिबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का भारतको जम्मू–कश्मीर, दिल्ली र आसपासका सहरमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, उत्तर प्रदेशको नोयडामा पनि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पका कारण जनधनको क्षतिको कुनै खबर आएको छैन् ।