Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


२ अर्ब बक्यौंता नतिर्नेको तीनपुस्ते सार्वजनिक


1.7k
Shares

काठमाडौं । महालेखा नियन्त्रक कार्यलयले सरकारी बक्यौंता नतिर्ने व्यक्ति तथा कम्पनीको तीनपुस्ते विवरण सार्वजनिक गर्दै असुलउपरका लागि ताकेता गरेको छ ।

झण्डै दुई अर्ब सरकारी रकम तिर्न बाँकी एक सय १५ व्यक्ति तथा फर्मको तीनपुस्ते सहितको नामनामेसी विवरण महालेखाले सार्वजनीक गरेको हो ।

महालेखाले अनुसार बेरुजुतर्फ ६३ व्यक्ति तथा फर्मले एक अर्ब ८६ करोड २४ लाख रकम तिर्न बाँकी छ ।

त्यस्तै ,तेजारथतर्फ १३ व्यक्ति तथा फर्मले एक लाख ८५ हजार र घरेलुतर्फ ३९ व्यक्ति तथा फर्मले ३ लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

रकम बक्यौंता राख्ने व्यक्ति तथा फर्मसँग कारोबार गर्दा बाँकी रकम कटाउनसमेत महालेखाले सबै सरकारी निकायलाई आग्रह गरेको छ । बाक्यौंता असुरउपर नगरी कारोबार गरेको पाइए कारबाही गर्ने महालेखाको चेतावनी छ ।

नयाँ पत्रिका