Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


उपत्यकामा बढे सहरी पन्छी


143
Shares

काठमाडौं । उपत्यकामा सहरी चराको संख्या बढेको छ । नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा संख्या बढेको देखिएको हो । हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा ६ हजार ७ सय एक वटा रेकर्डमा आएको संघले जनाएको छ । गत वर्ष हिउँदमा ५ हजार ७ सय ५४ वटा थिए । यो तथ्यांकले ९ सय ४७ वटा चरा उपत्यकामा थपिएको देखाउँछ ।

संघको तथ्यांक अनुसार ग्रामिण क्षेत्रमा पनि चराहरूको संख्या बढेको छ । सन् २०२१ मा १५ सय २५ मात्रै देखिएको थियो । चराको संख्या यस वर्ष १८ सय १५ पुगेको छ । तर, उपनगरीय क्षेत्रमा चराको सख्या घटेको छ । गत वर्ष २ हजार तीन सय तीन वटा देखिए पनि यो वर्ष दुई हजार १५ मात्रै रहेको संघले जनाएको छ ।

मलेवा, घर काग, घर भँगेरा, घर गौथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वकुल्ला जस्ता प्रजाति सबैभन्दा बढी पाइने चराको रूपमा देखिएको छ । उक्त गणना जनवरी १ देखि ८ सम्म सञ्चालन गरिएको थियो ।

गणना प्रत्येक वर्ष गरिँदै आएको छ । काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमका २४ वटा ट्रान्जिक्टहरूमा सहरी चराको अवलोकन गरिएको संघले जनाएको छ । संघले जाडो र गर्मी याममा उपत्यकमा चराको आवागमन तथा क्रियाकलाप नियाल्दै आएको छ ।

अन्नपूर्ण पोस्ट्