Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गठबन्धन जोगाउन दौडधूप


104
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिनेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् ।

कांग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे । यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधूप गरे ।

कांग्रेसका नेताहरुले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे ।

प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ । खटपट बढ्दै गए स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् ।

नागरिक