काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्न सकिने भन्दै ४ जेठको मिति प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई स्थानीय तह निर्वाचन’दयगत छलफल गर्न भन्दै बालुवाटार बोलाएर चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले आयोगलाई कुन मितिमा निर्वाचन गर्दा सहज हुन्छ भन्दै सोधेका थिए ।
निर्वाचन आयोगको प्रस्तावः स्थानीय तह निर्वाचन ४ जेठमा
‘प्रधानमन्त्रीले कुन मितिमा निर्वाचन गर्ने, कति चरणमा गर्ने भनेर आयोगसँग चासो राख्नुभयो, हामीले ४ जेठमा निर्वाचन गरौं भन्यौं, एकै चरणमा गर्ने हाम्रो प्रस्तावमा प्रधानमन्त्री सहमत हुनुभयो,’ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राजधानीसँग भने ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन कानुन’दयगत पनि चासो राखेका थिए । सो क्रममा आयोग पदाधिकारीले भने ५ जेठअघि निर्वाचन गर्न कानुन संशोधन आवश्यक नभएको जानकारी गराएका थिए ।
आयोगले ३१ वैशाख २०७४, १४ असार २०७४ र २ असोजमा गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधानबमोजिम ५ जेठ २०७९ मा समाप्त हुने बताउँदै आइरहेको छ ।
प्रधानमन्त्रीसँगको छलफलमा आयोगले सो मितिअघि नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको सरकारलाई स्मरण गराएको हो ।
राजधानी










प्रतिक्रिया दिनुहोस्