
web pic
काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा सोमबार राति ८ बजे आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।
भे १ क १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो ।
दुर्घटनामा स्थानीय ४५ वर्षिय सोम बहादुर वि.क.को घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारको क्रममा नरसिंहहोम नेपालगञ्जमा राति पौने १० बजे मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका ३५ वर्षिया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षिय लक्ष्मण सुनारको नरसिंहहोम नेपालगञ्जमा उपचार भैरहेको छ ।
ट्रिपर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्