काठमाडौं । विद्यालय शिक्षा क्षेत्रको योजना (ईएसपी) तयार गर्न २१ स्थानीय तहलाई छनौट गरिएको छ ।
ती स्थानीय तहले देशभरका ७ सय ५३ स्थानीय तहसँग छलफल र समन्वय गरी तयार गरिएको योजना शिक्षा, विज्ञान तथा प्रविधमन्त्री देवेन्द्र पौडेलद्वारा स्वीकृत भई कार्यान्वयनको प्रक्रियामा छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको सो योजनाको स्रोत परिचालन, तथ्यांक संकलन, विषयवस्तुमाथि छलफल र योजना तयार गर्न ती स्थानीय निकाय छनौट गरिएको हो ।
मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. तुलसी थपलियाले सातवटा प्रदेशबाट २१ स्थानीय तह छनौट गरिएको जानकारी दिँदै भन्नुभयो– ‘९ खर्ब ५४ अर्ब रुपियाँ बराबरको सो योजनाको निर्माण र छलफलदेखि स्रोत परिचालन गरी अधिकार हस्तान्तरण गर्न समेत ती स्थानीय निकायले मुख्य भूमिका खेल्न सक्नेछ बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्