
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले घटना भएको ५ मिनेटभित्रै घटनास्थल पुग्ने अभियान सुरु गरेको छ ।
सो अभियानसँगै प्रहरीको सक्रियता बढेपछि गत वर्षको तुलनामा आपराधिक घटनामा केही कमी आएको छ । भौगोलिक विकट ठाउँहरूमा पनि नियमित गस्ती, गुनासा सुनुवाई, समुदाय–प्रहरी साझेदारी लगायतमा जोड दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गत वर्ष यही समयसम्म १ सय २८ जघन्य अपराधका मुद्दा दर्ता भएकोमा चालु आर्थिक बर्षको ६ महिनामा १ सय १८ घटना दर्ता भएका छन् । मुद्दा फछ्यौटको संख्या गत वर्ष भन्दा ७ प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।
६ महिनाको अवधिमा २४ नाल अवैध हातहतियारसहित १५ जनालाई पक्राउ गरिएको छ । २२ हजार २ सय लिटर अवैध मदिरा नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको । यता, लागूऔषधको कारोबारमा भने बृद्धि भएको प्रहरीले जनाएको छ ।
अघिल्लो बर्ष लागूऔषध कारोबारको आरोपमा ३७ जना पक्राउ परेकोमा यो बर्ष ८० जना पक्राउ परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्