Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब


273
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्।

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

‘राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ’, भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ।’ भट्टराईनिकट अर्का एक नेताले भने, ‘अध्यक्षज्यूले तत्काल बैठक बोलाउनुभएन भने पार्टीमा दुर्घटना हुन्छ। यो कुरा उहाँले बुझे हुन्छ।’ उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्।

नागरिक