२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस बैठक बस्नु अघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे


520
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।

राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचन’दयगत छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचन’दयगत ठोस निर्णय लिने भएको छ ।

कांग्रेस बैठक बस्नुअघि नै प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको हो।

राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रम’दयगत तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेट’दयगत प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग दलगत छलफल गर्ने जानकारी गराएका थिए ।

राजधानी