Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आइओएमको परीक्षा यथावत हुँदा विद्यार्थी तनावमा


767
Shares

काठमाडौं । कोभिड संक्रमणको बढ्दो जोखिमका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकण कार्यालयले वार्षिक प्रणाली तथा डिन कार्यालयअन्र्तगतका सेमेस्टरका सबै परीक्षा स्थगित गरे पनि चिकित्सा शिक्षा शास्त्र अध्ययन संकाय (आइओएम) ले माघ १० गतेदेखि सुरु हुने डेन्टलतर्फका नियमित परीक्षाहरू अझै स्थगित गरेको छैन।

एकातिर कोरोनाको तेस्रो लहर बढेसँगै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेका छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत भौतिक उपस्थितका परीक्षा हाललाई नगर्न नगराउन सबै शैक्षिक निकायहरूलाई निर्देशन दिएको छ। तर आइओएमले सोमबारदेखि हुने तय भएको डेन्टल तर्फको अन्तिम वर्षको परीक्षा स्थगित नगरेपछि विद्यार्थीहरू मानसिक तनावमा छन्।

ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजमा अध्ययनरत डेन्टलकि अन्तिम वर्षकी छात्राले नागरिकलाई फोनमार्फत आफू कोरोना संक्रमित रहेको तर कलेजले परीक्षामा सहभागिता जनाउनुपर्ने भनेपछि थप मानसिक तनाव भएको जनाइन्।

‘मलाई कोरोना पोजेटिभ देखिएको छ, थुप्रै साथीमा लक्षण पनि देखिएका छन्,’ ती छात्राले भनिन्, ‘हामी ३१ जना परीक्षार्थीमध्ये आधाभन्दा बढीमा रुघाखोकी, ज्वरो छ। परीक्षा केन्द्रसम्म पुग्ने अवस्था छैन। कसरी परीक्षा दिनु ? हाललाई आइओएमले केही दिन स्थगित गरिदिनुपर्‍यो।’

नागरिक