
कैलाली, फागुन १ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुसहित थरुहट पक्षधर नेताहरुले बिहीबारदेखि आमरण अनशन सुरु गरेका छन् ।
१४ बुँदे माग अगाडि सारेर कैलालीको धनगढीको क्याम्पसचोकमा उनीहरुले आमरण अनशन सुरु गरेका हुन् ।
यसअघि, मोर्चाले माग पूरा गर्नका लागि सरकारलाई २० दिने ‘अल्टिमेटम’ दिएको थियो ।
माग पूरा गर्नमा सरकार गम्भीर नदेखिएकाले देशव्यापीरुपमा आन्दोलनको थालनीसहित आमरण अनशन पनि थालेको अध्यक्ष थारुले बताए ।
मोर्चाले टीकापुर घटनाका मुद्दा खारेज गर्नुपर्ने, घटना छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोग र देवीराम शर्मा नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेको छ ।
प्रतिक्रिया दिनुहोस्