
हेटौंडा, माघ २९ । वाग्मती प्रदेश सरकारले गठन भएको दुई वर्ष पुगेको उपलक्ष्यमा दोस्रो वार्षिकोत्सव मनाएको छ ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले सरकार गठनपछि ४५ ओटा विधेयक पारित भएको र अरु विधेयक पनि निर्माणको क्रममा रहेको जानकारी दिए ।
उनले विभिन्न चुनौती पार गर्दै सरकार अहिले सकारात्मक दिशामा अगाडि बढिरहेको बताए ।
मुख्यमन्त्री पौडेलले पर्यटन, खेलकुद पूर्वाधार निर्माणलगायतका क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गरेको उल्लेख गरे ।
हेटौंडा–काठमाडौं सुरुङमार्गको फागुनभित्र ‘डीपीआर’ तयार पारेर आगामी वैशाखदेखि निर्माण सुरु गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।
समारोहमा १३औं ‘साग’मा विभिन्न पदक जित्ने प्रदेशका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्