
फाइल तस्बिर
काठमाडौं । काठमाडौंमा आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज दिन थालिएको छ । विभिन्न १७ स्थानबाट बुस्टर खोप दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ ।
टेकु अस्पताल, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने छ ।
बुस्टर डोज लगाउन कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्नेछ । पहिले जुन खोप लगाएको हो त्यही खोप नै बुस्टरको रुपमा लगाउनु पर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्