३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


ओमानको लगातार चौथो जित, बुधबार नेपाल र अमेरिका भिड्दै


0
Shares

काठमाडौं, माघ २८ । आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत् काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट शृंखलाको अन्तिम खेलमा बुधबार नेपाल र अमेरिका भिड्दै छन् ।

शृंखलामा खेलेका तीन खेलमध्ये नेपालले एक खेलमा अमेरिकालाई हराएको छ भने ओमानसँग दुवै खेल हारेको छ । अमेरिकाले खेलेका तीनओटै खेल हारेको छ ।

ओमानको लगातार चौथो जित

मनोबल कमजोर भएको अमेरिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शाख जोगाउने एकमात्र उद्देश्य लिएको छ भने नेपाल दोस्रो जितसहित अगाडि बढ्न चाहन्छ ।

यसअघि, मंगलबार भएको खेलमा ओमानले लगातार चौथो जित हासिल गर्नेक्रममा अमेरिकालाई ९२ रनले हरायो ।

तेस्रो विकेटका लागि २१६ रनको साझेदारी 

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा २७६ रन बनायो ।

तेस्रो विकेटका लागि कीर्तिमानी २१६ रनको साझेदारी गर्नेक्रममा कप्तान जिशन मसुदले १०९ तथा अकिब इल्यासले १०५ रन बनाए ।

अमेरिका १८४ रनमा ‘अलआउट’

जवाफमा अमेरिकाले ३९ ओभर १ बलमा १८४ रनमात्र बनाउन सक्यो । निसर्ग पटेलले सर्वाधिक ५२ रन बनाएको इनिङ्समा इल्यास र बिलाल खानले समान ३/३ विकेट लिए ।

अंकतालिका

विश्वकप क्रिकेट लिग–२ मा सहभागी सात देशमध्ये शीर्ष तीनले विश्वकप एकदिवसीय छनोट खेल्न पाउने छन् ।

१० खेलबाट १६ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाको ११ खेलबाट १२ अंक छ ।

तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ तथा चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक छ ।

पाँचौं स्थानको युएईको ७ खेलबाट ७ अंक तथा छैटौं स्थानको नेपालको ३ खेलबाट २ अंक छ ।

पपुवा न्यूगिनी ८ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।