१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


बैंकमा निक्षेप र कर्जा वृद्धि


299
Shares

काठमाडौं, पुस २६ । पछिल्लो दुई साता यता बैंकहरुको निक्षेपमा वृद्धि हुँदै आएको छ ।

पुसको मध्यपछि निक्षेपमा केही सुधार आउन थालेको हो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्गमा गत साताको तुलनामा ५८ अर्ब बढी निक्षेप संकलन भएको छ ।

गत साता ४२ खर्ब ४९ अर्ब रहेको निक्षेप यो साता बढेर ४३ खर्ब ७ अर्ब पुगेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ८ अर्ब रुपैयाँले मात्र बढेको छ ।

पुस १६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा पुस २३ गतेसम्म कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।