काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यस बेला आधारशिविरमा आइस फुटाएर पानी पिउनु पथ्र्यो। तर, अहिले त्यहाँ खोला बग्छ। यसलाई जलवायु परिवर्तनको असर मान्छन् आरोही शेर्पा। २८ वर्षको यो अवधीमा सगरमाथामा थुपै्र परिवर्तन देखेको उनी सुनाउँछन्।
उनका अनुसार पहिले आधारशिविरबाट माथि जाँदा हिउँको ढिक्का हुन्थ्यो। ६ हजार ५ सय मिटरमाथि क्याम्प २ छ। त्यहाँ बरफ देखिन्थ्यो। अहिले हिमताल मात्रै छ। त्यहाँभन्दा माथि पनि ठाउँ–ठाउँमा कालो पहाड छ। ‘हिउँ बिलाएर कालो देखिएको छ’, सन् २०२१ मा २५औं पटक सगरमाथा चढेर कीर्तिमानी बनाएका शेर्पा भन्छन्, ‘सगरमाथा मात्रै होइन, सबै हिमालमा यस्तो समस्या छ।’
चुचुरोको वरपर पनि कालो पत्थर देखिएको उनी सुनाउँछन्। ‘पहिला थोरै ढुंगा थियो, अहिले धेरै देखिन्छ’, उनी भन्छन्, ‘पहिलाजस्तो समयमै हिउँ पर्न छाडेको छ। परे पनि तुरुन्तै बिलाउँछ। हिमालको छेउछाउमा बस्ती बढेको छ। होटल र लज धेरै छन्। आगो बाल्ने गरिएको छ। पहिलाभन्दा जंगल पातलिएका छन्।’ हिमालको फेदतिर रूख रोपेर हरियाली बनाउन आवश्यक देख्छन् उनी।
‘हिमाल चोखो थियो पहिला। अहिले मान्छे थुप्रियो’, भीड बढेकोमा उनको असन्तुष्टि छ, ‘पहिला वर्षमा ३०–४० जना मात्रै हिमाल चढ्थे। अहिले एकै पटक सयौं पुगेका छन्।’
अन्नपूर्ण










प्रतिक्रिया दिनुहोस्