२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुदूरपश्चिममा भूकम्प, बझाङ केन्द्रबिन्दु


0
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज(शनिबार) बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले आज  बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३  रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ ।

केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन । रासस