Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


तपस्वी रामबहादुर बम्जनको आश्रममा खानतलासी, एक जना पक्राउ


0
Shares

सिन्धुली । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली शुक्रबार विहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी गरेको छ ।

सीआईबी, प्रदेश २ को दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको हो । तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले उनका सहयोगी ज्ञानबहादुर बम्जनलाई अन्नुसन्धानका लागि प्रक्राउ गरेको छ ।

बम्जनको आश्रममा प्रहरी करिब ६ घण्टा बसेको थियो । अहिले पनि बम्जनको आश्रम निगरानीमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजधानी दैनिकबाट