Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


राष्ट्रिय सभा निर्वाचन : गठबन्धन मिल्दा एमालेलाई चुनौती


247
Shares

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ ।

२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।

निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि १२ माघमा निर्वाचन गराउन लागेको छ । सोही प्रयोजनका लागि मंगलबार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

जसमध्ये नेकपा ९एमाले० बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा ९माओवादी केन्द्र० बाट पाँच जना, नेकपा ९एकीकृत समाजवादी० बाट पाँच जना, जनता समाजवादी पार्टी नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उममेदवारी परेको हो ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेकातर्फबाट रिक्त हुने सिटमासमेत भागबन्डा गरेर जाने निर्णय गरेपछि एमाले भने एक्लै अघि बढेको छ ।

राजधानी